Logo

मंगलवार, श्रावण १२ गते २०८३

सुशान्त घटनामा नयाँ सुराग भेटियो, रियाले नै लिईन २ ब्यक्तिको नाम !!

सुशान्त घटनामा नयाँ सुराग भेटियो, रियाले नै लिईन २ ब्यक्तिको नाम !!

  • 1.5K
    SHARES
  • सुशान्त घटनामा नयाँ सुराग भेटियो, रियाले नै लिईन २ ब्यक्तिको नाम !!

    अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको केही महिना बितिसक्दा घटनाले नयाँ मोड लिदै गइरहेको छ । सुशान्त निधन प्रकरणमा दैनिक नयाँ कुराहरुको खालासा भइरहेको छ ।

    images

    सुशान्तले मूम्बईस्थित आफ्नै घरमा पासो लगाएर ज्यान फाले पनि घटना रहस्यमय रहेको भन्दै न्याय पाउनु पर्ने आवाजहरु उठिरहेको छ ।

    यस केसमा पहिले मूम्बई प्रहरीले अनुसन्धान गरिरहेको थियो । तर पछि परिवारले सीबीआईको अनुसन्धानको माग घटनाले नयाँ मोड लिदै गयो ।

    अहिले यस केसलाई सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैबीच सुशान्तकी प्रेमिका रिया चक्रवर्ती बारेमा नयाँ कुराहरु खुलिहेको छ । रियाले आजतकसँगको एक एक्सक्लुसिभ अन्तरवार्ताका क्रममा सुशान्तलाई सताउने २ जनाको नाम लिएकी छिन् ।

    उनले अन्तवार्ताको क्रममा सुशान्तको दुश्मन संजना साग्हीं र रोहिणी ऐर रहेको बताएकी हुन् । आजतकका पत्रकार राजदीप सरदेसाईले लिएको अन्तरवार्तामा उनले यसो बताएको भारतिय मिडियाहरुमा बताइएको छ ।

    अन्तरवार्तामा उनले आँफुलाई अनुसन्धानका नाममा प्रहरी, मिडियाले निकै सताएको र अहिले मलाई ड्र’ग सप्लायर्सको आरोप पनि लगाइएको बताएकी छिन् । उनले यस प्रकरणमा आफु निर्दोष रहेको पनि बताइन् ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०४:४७:३० बजे
    images
    ताजा अपडेट
    धेरै पढिएको