Logo

मंगलवार, कार्तिक ११ गते २०८३

डाविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

डाविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

जोईन खबर

११, कार्तिक २०८३
  • 220
    SHARES
  • डाविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    १० कार्तिक काठमाडौं । डाविड मलानको अर्धशतक तथा कप्तान रवि बोपारा र डान मोस्लीबीचको अविजित साझेदारीको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो।चितवनका लागि ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै पाँच चौका र पाँच छक्का प्रहार गरे। मलानले एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गरेका हुन्।

    images
    images
    images

    मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। उनलाई विराटनगरका चरिथ असलंकाले आउट गर्दै टोलीलाई पहिलो सफलता दिलाएका थिए।

    त्यसपछि ब्याटिङमा आएका विकेटकिपर ब्याटर अर्जुन साउदले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। उनी नौ बलमा तीन रन बनाएर पभेलियन फर्किए। उनलाई ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले विराटनगरका कप्तान सन्दीप लामिछानेको हातबाट क्याचआउट गराएका थिए।

    १३औँ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले मलानलाई आउट गरेपछि चितवनको इनिङ्सलाई कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले। यी दुईले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए।

    रवि बोपारा ३२ रनमा र डान मोस्ली २९ रनमा अविजित रहे। उनीहरूको संयमित ब्याटिङले चितवनलाई निर्धारित २० ओभरमा १५७ रन बनाउन सहयोग गर्‍यो।अब विराटनगर किंग्सले जितका लागि १५८ रन बनाउनुपर्नेछ। चितवनले दिएको लक्ष्य पछ्याउँदै विराटनगर मैदानमा उत्रनेछ।

     

    प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १५:४२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको