Logo

बुधवार, श्रावण १३ गते २०८३

यसरी चलिरहेको छ किर्तिपुरमा म्याग्दी प्रहरीकाे परिक्षा प्रकिया, कतिले दिएका छन् आवेदन?

यसरी चलिरहेको छ किर्तिपुरमा म्याग्दी प्रहरीकाे परिक्षा प्रकिया, कतिले दिएका छन् आवेदन?

जोईन खबर

१८, चैत्र २०७८
  • 823
    SHARES
  • यसरी चलिरहेको छ किर्तिपुरमा म्याग्दी प्रहरीकाे परिक्षा प्रकिया, कतिले दिएका छन् आवेदन?

    काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि आवेदन दिएका करिब ३ लाख युवाहरु अहिले म्यादी प्रहरीको छनौट प्रक्रियामा छन्। नेपाल प्रहरीले केही दिनदेखि उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षा लिइरहेको छ।

    images

    महानगरीय प्रहरी परिसर काठमाडौंमा आवेदन दिएका युवाहरुको अहिले कीर्तिपुर ल्याबोरेटरी हाइस्कुलमा परीक्षा चलिरहेको हो। शनिवारसम्म आवेदकहरुको परीक्षा संचालन हुने प्रहरीले जानकारी दिएको छ।

    १ लाख संख्यामा भर्ना मागे पनि झन्डै तेब्बरले आवेदन दिएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएका छन्। जसमा ६९ हजार ६ सय ८० जना महिला रहेका छन्।

    म्यादी प्रहरीको लागि १८ वर्ष पूरा भएकादेखि ४५ वर्ष उमेर समूहका मानिसले आवेदन दिएका छन्। जसमा सबैभन्दा धेरै आवेदन ३० वर्ष मुनिकाहरुको परेको देखिएको छ। २० वर्ष उमेर समूहसम्मका आवेदन दिनेको सङ्ख्या ८३ हजार ६ सय २९ रहेको छ।

    २० देखि ३० वर्ष उमेर समूहका मानिसले आवेदन दिनेको सङ्ख्या १ लाख ३३ हजार ४ सय ७६ रहेको छ। ३० देखि ४० वर्षसम्म आवेदन दिनेको सङ्ख्या ५४ हजार ८ सय ४७ रहेको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। ४० देखि ४२ वर्षसम्म २१ हजार ३ सय ६२ रहेको छ।

     

     

     

    प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १०:४७:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको