Logo

बुधवार, कार्तिक १२ गते २०८३

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुग्याे

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुग्याे

जोईन खबर

१६, जेठ २०८०
  • 649
    SHARES
  • इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुग्याे

    १६ जेठ काठमाडौ। इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लाे पटक गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधवारेमा आउटलेट विस्तार गरेकाे हाे । क्लासिक टेककाे आउटलेट सङ्ख्या एक सय चार पुगेकाे छ ।ग्राहकले कार्यालय नगई क्लासिक टेक एपमार्फत फोन बाट नै इन्टरनेटसम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानीलगायतका सुविधाहरू लिन सक्नेछन् । कम्पनीले झन्झटमुक्त कारोबार उपलब्ध गराउन अनलाइन भुक्तानीमा सरलता ल्याएको  छ ।

    images

    ग्राहकका लागि सुरक्षित भुक्तानी विकल्पहरूमा क्लासिक टेकले ई–सेवा, फाेन–पे, प्रभु पे, माई–पे, आईएमई पे तथा डेबिट/क्रेडिट कार्ड, नेपाल पे र कनेक्ट आईपीएस जस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेकाे छ । अनलाइनबाट भुक्तानी गर्दा ग्राहकलाई आकर्षक क्यासब्याक, बाेनस, छुट र राउटर अपग्रेडकाे याेजनाहरू पनि रहेको छ ।

    images
    images
    images

    सहज इन्टरफेस र सुविधाहरूको विस्तृत शृङ्खलाकाे साथ सहज अनुभवको आनन्द लिन सक्छन् । एपमा गुनासाे दर्ता, पासवर्ड परिवर्तन, म्याक फिल्टर, रेफर, रिचार्ज, स्पीड टेस्ट जस्ता विशेषताहरू रहेका छन् । 

    निर्बाध सहायता सुनिश्चित गर्न क्लासिक टेकले ग्राहकलाई चाैबिस घण्टा/सात दिन सेवा प्रदान गर्दछ। ग्राहकले समर्पित हेल्पलाइन ९८२९२२३०४ मा वा कुनै पनि प्रश्न वा सरोकारका लागि क्लासिक टेककाे टोल फ्री नम्बर १६६००१५०९९९ प्रयाेग गर्न सक्नेछन् । 

     

     

    प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १५:१६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको