Logo

बुधवार, श्रावण १३ गते २०८३

फेरि बढ्यो पेट्रोल, खाना पकाउने ग्यास र डिजेलको मूल्य, लिटरको कति?

फेरि बढ्यो पेट्रोल, खाना पकाउने ग्यास र डिजेलको मूल्य, लिटरको कति?

जोईन खबर

२३, चैत्र २०७८
  • 1.1K
    SHARES
  • फेरि बढ्यो पेट्रोल, खाना पकाउने ग्यास र डिजेलको मूल्य, लिटरको कति?

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।

    images

    नेपाल आयल निगमले मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो। 

    त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ। हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ। 

    एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ। निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ। यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ। 

    बढेको मूल्य मंगलबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको छ। 

    यसैबीच सरकारको मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई ४ अर्ब २० करोड दिने निर्णय गरेको छ। 

    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - १०:५७:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको