Logo

बुधवार, श्रावण १३ गते २०८३

पल शाहविरुद्धको मुद्दाको थुनेछेक बहस सकियो, आजै आदेश आउँदै

पल शाहविरुद्धको मुद्दाको थुनेछेक बहस सकियो, आजै आदेश आउँदै

जोईन खबर

२३, चैत्र २०७८
  • 886
    SHARES
  • पल शाहविरुद्धको मुद्दाको थुनेछेक बहस सकियो, आजै आदेश आउँदै

    काठमाडौं । एक नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ ।

    images

    अदालतका वैतानिक वकिल दीपक भट्टराईले तीन वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेको जानकारी दिए ।

    बहसमा किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।

    ‘आदेश आउन लागेको छ । तत्काल धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून छ । थुनामै जाने हो । जतिसुकै बहस गरेपनि अहिले थुनछेकमा मान्छे छुट्दैन । तनहुँ अदालतमा जे भयो त्यही हुने हो,” उनले भने ।

    यसअघि किशोरी पक्षको जाहेरीका आधारमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - १८:५३:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको