Logo

बुधवार, श्रावण १३ गते २०८३

नेपाल प्रहरीमा तीन डीआईजीका लागि ३३ एसएसपी प्रतिस्पर्धामा, यी हुन् दाबेदार

नेपाल प्रहरीमा तीन डीआईजीका लागि ३३ एसएसपी प्रतिस्पर्धामा, यी हुन् दाबेदार

जोईन खबर

२४, चैत्र २०७८
  • 928
    SHARES
  • नेपाल प्रहरीमा तीन डीआईजीका लागि ३३ एसएसपी प्रतिस्पर्धामा, यी हुन् दाबेदार

    काठमाडौं । नेपाल प्रहरीमा एआईजीको दरबन्दी थपिएसँगै डीआईजीमा बढुवाका लागि दौडधुप सुरु भएको छ । बढुवा क्रममा रहेका एसएसपीहरूले डीआईजी बन्नका लागि दौडधुप सुरु गरेका हुन् ।

    images

     

    हाल नेपाल प्रहरीमा तीनज डीआईजीको दरबन्दी रिक्त रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीन डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजीमा बढुवा भएपछि उनीहरूको स्थानमा डीआईजी बन्न एसएसपीहरूले सक्रियता बढाएका हुन् ।

    निर्वाचन आचारसंहिता लाग्नुभन्दा पहिले बढुवा हुन पाए निर्वाचनको कमान्ड समेत गर्न पाउने भएकाले उनीहरू सक्रिय भएका हुन् । उनीहरूले प्रधानमन्त्री, गृहमन्त्री, संवैधानिक आयोगका प्रमुख, सत्तारूढ दलका नेताहरूसँग आफूलाई डीआईजीका लागि सिफारिस गर्न आग्रह गर्दै आएका छन् ।

    प्रहरीमा सरुवा–बढुवामा शक्तिकेन्द्र धाउने पुरानै रोग हो । अहिले पहिलो चरणमै डीआईजी बन्न सके भावी आईजीपीको दौडमा कायम रहन सकिने भएकाले पनि शक्तिकेन्द्र रिझाउन सबैजसो एसएसपीहरू सक्रिय छन् ।

    तीन डीआईजीका लागि तीन ब्याचका ३३ एसएसपी प्रतिस्पर्धामा छन् । डीआईजी प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, दीपक थापा, वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, सन्दीप भण्डारी, अशोक सिंह, भीम ढकाल, रामदत्त जोशी, श्याम ज्ञवाली, दुर्गा सिंह छन् ।

    यस्तै, एसएसपी विष्णु केसी, कुबेर कडायत, सुदीप गिरी, राजेश बास्तोला, जनक भट्टराई, केदार ढकाल, यज्ञविनोद पोखरेल पनि प्रतिस्पर्धामा छन् ।

    डीआईजी बढुवामा उमेशराज जोशी, दीपक थापा, अशोक सिंह, रामदत्त जोशी, श्याम ज्ञवाली, सुदीप गिरी, टेकप्रसाद राईको चर्चा बढी छ ।

    अहिले तीन डीआईजी बने पनि आउँदो वैशाख १९ गतेपछि भने अरूले पनि डीआईजी बन्ने अवसर प्राप्त गर्नेछन् । आईजीपी शैलेश थापा क्षेत्रीले वैशाख १९ मा अवकाश पाउनेछन् । उनीसँगै उनका ब्याची एआईजी र डीआईजी पनि अवकाशमा जानेछन् ।

    यस्तोमा ठूलो संख्यामा एसएसपी दरबन्दी खाली हुनेछ । अहिले बढुवामा नपरेपछि केही महिनाभित्रै उनीहरूको पनि बढुवा हुने सम्भावना छ ।

    अहिले बढुवामा पर्ने डीआईजीबाटै भावी आईजीपी बन्नेछन् । त्यसैले पहिलो चरणमा डीआईजी बन्न सबै शक्तिकेन्द्रको शरणमा पुग्न थालेका हुन् ।

     

    प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १२:५६:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको