Logo

बुधवार, कार्तिक १२ गते २०८३

नबिल बैंकसहित थप ११ कम्पनीले पाए धितोपत्र ब्रोकरको अनुमति

नबिल बैंकसहित थप ११ कम्पनीले पाए धितोपत्र ब्रोकरको अनुमति

जोईन खबर

२३, जेठ २०८०
  • 724
    SHARES
  • नबिल बैंकसहित थप ११ कम्पनीले पाए धितोपत्र ब्रोकरको अनुमति

    २३जेठ काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंकसहित थप ११ कम्पनीलाई धितोपत्र ब्रोकरको अनुमति दिएको छ । सेबोन सञ्चालन समितिको २२ गतेको बैठकले थप ११ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो ।

    images

    नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ । यसअघि ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिसटिज लिमिटेडले धितोपत्र व्यापारसमेतको लाइसेन्स पाएको छ । 

    images
    images
    images

    अनुमति पाउनेमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज छन्। मेघा स्टक मार्केट्स लि, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि, माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्यूरिटिज लि र कलश स्टक मार्केटले सीमित कार्य गर्न अनुमति पाएका छन्।

     

    hello.jpg

     

    प्रकाशित मिति :जेठ २३, २०८० मंगलवार - १६:३०:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको