Logo

बुधवार, श्रावण १३ गते २०८३

अनिवार्य अवकाशमा जाँदै सशस्त्र आईजीपी खनाल, को बन्लान् २० दिने आईजीपी ?

अनिवार्य अवकाशमा जाँदै सशस्त्र आईजीपी खनाल, को बन्लान् २० दिने आईजीपी ?

जोईन खबर

२८, चैत्र २०७८
  • 808
    SHARES
  • अनिवार्य अवकाशमा जाँदै सशस्त्र आईजीपी खनाल, को बन्लान् २० दिने आईजीपी ?

    सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज (सोमवार)बाट अनिवार्य अवकाश जाँदैछन् ।

    images

    उनले आज राति १२ बजेबाट लागू हुने गरी अनिवार्य अवकाश पाएका हुन् । चार वर्षको आईजीपीको कार्यकाल सकेर उनी अवकाशमा जान लागेका हुन् । 

    उनले आफ्नो कार्यकालमा कोरोना महामारीको समयमा एपीएफ अस्पताललाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेका थिए ।

    ‘एपीएफ अस्पताललाई कोरोना अस्पतालमा बेच्यो भन्ने आरोप लाग्यो तर मैले ठीक निर्णय गरेको महसुस भएको छ, जसले गर्दा कोरोनाकालमा धेरैको ज्यान बच्यो,’ पत्रकारसँगको बिदाइ कार्यक्रममा उनले भनेका थिए, ‘राज्यलाई हामीले गर्नुपर्ने दायित्व पूरा गरेको भान भएको छ ।’ 

    उनको समयमा सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट (बीओपी) निर्माण भएका छन् । सीमा सुरक्षामा सरकारले दिएको दायित्व पूरा गरेको आईजीपी खनालले बताए ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एपीएफमा दुई जना नयाँ आईजीपी आउँदै छन् । स्थानीय निर्वाचनअघि २० दिनका लागि एकजना र त्यसपछि अर्का एक आईजीपी हुनेछन् । 

    बहालमा रहेका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट सरकारले सोमवार आईजीपीमा बढुवा गर्नुपर्ने हुन्छ । सशस्त्रमा मेरियटलाई मिच्ने खासै चलन नभएकाले एक नम्बरमा रहेका केसी आईजीपी हुने लगभग पक्कापक्की जस्तै छ । 

    त्यसैका लागि आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो ।  

    उनीहरूले पनि सेवा अवधिका कारण आगामी वैशाख १९ गते अनिवार्य अवकाश पाउनेछन् । त्यसलगत्तै स्थानीय चुनावका लागि अहिलेका डीआईजीहरूमध्येबाट एकजना एआईजीमा बढुवा भएर आईजीपी हुनेछन् ।

    प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १३:०६:०७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको