Logo

मंगलवार, श्रावण १२ गते २०८३

फुटबल सुपरस्टार राेनाल्डाेकाे नवजात छाेराकाे निधन

फुटबल सुपरस्टार राेनाल्डाेकाे नवजात छाेराकाे निधन

जोईन खबर

६, बैशाख २०७९
  • 1.2K
    SHARES
  • फुटबल सुपरस्टार राेनाल्डाेकाे नवजात छाेराकाे निधन

    ६ वैशाख, काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले आफूहरुको नवजात छोराको निधन भएको जानकारी दिएका छन् ।

    images

    सोमबार रोड्रिगेजले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । तर छोराको भने जन्मने वित्तिकै निधन भएको थियो ।

    जन्म भएका बच्चाहरुमा छोरीमात्र जिवित रहेको उनीहरुले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

    रोनाल्डो दम्पतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो निकै दुःखको समय हो । हामीले निकै दुःखका साथ यो घोषणा गरिरहेका छौं कि हाम्रो छोराको निधन भएको छ । यो दुःख हर कोही अभिभावकले महसुस गर्न सक्छन् ।’

    म्यानचेस्टर युनाइटेटका पोर्चुगिज स्टारले आफ्नो ट्वीटर ह्यान्डलमा आफूहरु निकै दुखी रहेको बताएका छन् ।

    ‘छोरा तिमी हाम्रो लागि एक एन्जल हौं हामी तिमीलाई धेरै माया गरि रहनेछौं’, निधन भएका छोराको सम्झनामा उनले लेखेका छन् ।

    रोनाल्डोले छोरीले भने आशा र खुुसी दिएको पनि बताएका छन् । ‘जन्म लिएकी छोरीले हामीलाई यो समयमा केही आशा र खुसी दिएकी छिन्’, रोनाल्डोले ट्वीटरमा लेखेका छन् ।

    उनले साथ र सहयोगका लागि अस्पतालका स्वास्थ्यकर्मीलाई पनि धेरै धन्यवाद दिएका छन् । उनले यो समयमा आफूहरु विक्षिप्त भएको भन्दै व्यक्तिगत गोपनियता र समय दिन आग्रह गरेका छन् ।

    रोनाल्डोको दुःख बुझ्दै उनको क्लब म्यानचेस्टर युनाइटेडले पनि ट्वीट गर्दै दम्पतीप्रति समवेदना प्रकट गरेको छ । ‘तिम्रो दुःख हाम्रो दुःख हो । यो समयमा तिमी र तिम्रो परिवारको लागि हाम्रो तर्फबाट माया र साथ रहनेछ ।’

    त्यस्तै, इङलिस प्रिमियर लिगले ट्वीट गरेको छ, ‘यो समयमा प्रिमियर लिग सबैको विचार र समवेदना तिमी र तिम्रो परिवारको लागि रोनाल्डो ।’

    रोनाल्डो र रेड्रिगेज सन् २०१७ मा पहिलो पटक आमाबुवा बनेका हुन् । अलना मार्टिनाको जन्म २०१७ मा भएको हो । रोनाल्डो सेरोगेसीको माध्यमबाट जन्मिएका इवा र माटेओ जुम्ल्याहाका पिता पनि हुन् ।

    त्यस्तै उनी क्रिस्टियानो जुनियरका पिता पनि हुन् । ११ वर्षीय जुनियरकी आमाको बारेमा भने रोनाल्डोले अहिलेसम्म केही कुरा पनि सार्वजनिक गरेका छैनन् ।

    प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १३:५७:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको