२८ जेठ काठमाडौ ।लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल (LICN) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतको विवरणहरुले भने बीमा प्राधिकरणले स्वीकृत गरेको छ ।आर्थिक वर्ष २०७६/७७ मा भने कम्पनीले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।