Logo

बुधवार, कार्तिक १२ गते २०८३

देशभर अत्याधिक गर्मीपछि मौसमी अवस्थामा केहि सुधार हुने

देशभर अत्याधिक गर्मीपछि मौसमी अवस्थामा केहि सुधार हुने

जोईन खबर

२८, जेठ २०८०
  • 757
    SHARES
  • देशभर अत्याधिक गर्मीपछि मौसमी अवस्थामा केहि सुधार हुने

    २८ जेठ काठमाडौ । अत्याधिक गर्मीपछि देशभरको मौसमी अवस्थामा केहि सुधार देखिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ। हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएक आइतबार कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको छ। 

    images

    यसका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको पुर्वानुमान गरिएकाे छ । 

    images
    images
    images

    महाशाखाका अनुसार देशभरकाे अधिकतम तापक्रम घटेकाे छ । शनिबार सबैभन्दा बढि भैरहवामा गर्मी रहेकाे महाशाखाले बताएकाे छ । भैरहवाकाे अधिकतम तापक्रम ४१.२ डिग्री सेल्सियस रहेकाे महाशाखाले उल्लेख गरेकाे छ । यस्तै, नेपालगञ्जकाे ४०.८ डिग्री सेल्सियस, धनगढीकाे ४०.६ डिग्री सेल्सियस र सिमराकाे ४०.५ डिग्री सेल्सियस रहेकाे थियाे । पाेखरामा फाटफुट वर्षा भएकाे थियाे भने ताप्लेजुङमा पनि सामान्य वर्षा भएकाे महाशाखाले जनाएकाे छ ।

    आगामी दुई दिनको 

    आगामी दुई दिन कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले पुर्वानुमान गरिएकाे छ । तर देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

     

     
     
     

    प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - १५:१६:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको