Logo

बुधवार, कार्तिक १२ गते २०८३

गाेरखाकाे सिरानचोक पालिकालाई पूर्ण खोप पालिका घोषणा

गाेरखाकाे सिरानचोक पालिकालाई पूर्ण खोप पालिका घोषणा

जोईन खबर

३२, जेठ २०८०
  • 709
    SHARES
  • गाेरखाकाे सिरानचोक पालिकालाई पूर्ण खोप पालिका घोषणा

    ३२ जेठ काठमाडाै ।गाेरखाकाे  सिरानचोक गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाले पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

    images

    सिरानचाेक  गाउँपालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाले एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप  घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो । यहि मिति २०७९ फागुन र चैत्र महिनामा घरधुरी सर्वेक्षण गरी प्रत्यक वाडकाे बालबालिकालाई पालिकाले खोप लगाएको थियो । गाउँपालिका स्वास्थ्य शाख प्रमुखका अनुसार जन्मदेखि १५ महिना सम्मका ३ सय ३० जना बालबालिका र १६ देखि ५९ महिनाका ७ सय ९७ जना बालबालिकाले पुर्णखोप प्राप्त गरेसँगै पुर्णखोप  घोषणा गरिएकोे बताउनुभयो ।

    images
    images
    images

    गाउँपालिका  पूर्ण खोप  घोषणा कार्यक्रममा  ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख अतिथ्यतामा भएको  पालिका उपाध्यक्ष रिता देवकोटा, स्वास्थ्य कार्यालय गोरखाका नरजङ ठकुरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, पालिका र वडाका सबै जनप्रतिनिधी,स्थानीय नागरीक लगायतको सहभागिता रहेको बताउनु भयाे ।

    प्रकाशित मिति :जेठ ३२, २०८० बिहिवार - २१:३१:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको