Logo

बुधवार, श्रावण १३ गते २०८३

आज पनि मेघगर्जनसहित वर्षा हुने

आज पनि मेघगर्जनसहित वर्षा हुने

जोईन खबर

२०, बैशाख २०७९
  • 1.0K
    SHARES
  • आज पनि मेघगर्जनसहित वर्षा हुने

    काठमाडौं । हाल देशमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१ को एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ०८:११:१८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको