Logo

बुधवार, श्रावण १३ गते २०८३

भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी बेपत्ता

भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी बेपत्ता

जोईन खबर

२३, बैशाख २०७९
  • 1.1K
    SHARES
  • भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी बेपत्ता

    अध्ययनको निम्ति भारतमा रहेका एक जना नेपाली विद्यार्थी बेपत्ता भएका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ का २६ वर्षे गोपाल खड्का एक सातादेखि भारतमा बेपत्ता भएका हुन् ।

    images

     

    भारतको देहरादूनस्थित अल्पाईन इन्स्टिच्युट अफ म्यानेजमेण्ट एण्ड टेक्नोलोजी कलेजमा बिएस्सी अध्ययन गरिरहेका खड्का गत शुक्रबारदेखि हराएका हुन् । गोपालका बुबा चिताराम खड्काका अनुसार गोपाललाई बैशाख १७ गते शुक्रबार भारतको हरिद्वारस्थित गंगा नदीको आसपासमा नेपाली भाषा बोल्ने केही व्यक्तिले नसालु पदार्थ सेवन गराई बेहोस बनाएर लुटपाट गरेपछि सम्पर्कविहीन भएको खुल्न आएको छ ।

    परीक्षा सकेर नेपाल फर्कंदै गर्दा साथमा भएका सबै सामान लुटेर उनलाई सम्पर्कविहीन बनाइएको बताइएको छ । गोपालको खोजी कार्यको निम्ति नेपाल सरकार मार्फत् भारतस्थित नेपाली राजदूतावासलाई पत्राचार गरिएको छ । तर हालसम्म उनको बारे केही पनि पत्ता लागेको छैन ।

    परिवारले गोपालबारे कुनै जानकारी भएमा परिवार वा नजिकको प्रहरीलाई खबर गरिदिन आग्रह गरेको छ । सम्पर्कका लागि ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८ नम्बरमा खबर गरिदिन अनुरोध गरेको हो ।

    प्रकाशित मिति :बैशाख २३, २०७९ शुक्रवार - १३:३९:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको