Logo

बुधवार, कार्तिक १२ गते २०८३

बसाइँ सराइँ गरेर आउनेलाई घर उपहार दिने

बसाइँ सराइँ गरेर आउनेलाई घर उपहार दिने

जोईन खबर

११, आषाढ २०८०
  • 754
    SHARES
  • बसाइँ सराइँ गरेर आउनेलाई  घर उपहार दिने

    ११ असार काठमाडौ ।मकवानपुरको राक्सिराङ गाउँपालिकाले बसाइँ सराइँ गरेर आउनेलाई  घर उपहार दिने नीति ल्याइएकाे छ । आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत् दुर्गम भेगबाट बसाइँसराइँ गरी अन्यत्रबाट गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम  राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घर उपहार नीति अघि सारेका हुन्।

    images

    गाउँपालिकाका दुर्गम भेगहरूबाट बसाइँसराइँ भई सुगम पालिकाहरूमा जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्र गाउँपालिकाभित्रबाट बसाइँ सरी आउने आकर्षित गर्न सुन्दर समाज, हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ।घरको स्वरूप र बनोटबारे कार्यविधि बन्न बाँकी रहेको पनि बताइएको छ।जोखिमयुक्त मानिएका खरको छानोको प्रतिस्थापन गर्ने नीति लिएको छ सरकारी वा संस्थागत अनुदानबाट निर्मित तथा निजी घरहरूमा एकै रंगको रंग लगाएर गाउँपालिकाको पहिचान कायम गर्ने समेत नीति ल्याएको छ।

    images
    images
    images

     

    प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १३:४०:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको