Logo

बुधवार, कार्तिक १२ गते २०८३

अनुदान दिएपछि बारपाक सुलिकोट गाउँपालिकामा किसानहरूले बाँझो जमिनमा खेती गर्ने सुरु

अनुदान दिएपछि बारपाक सुलिकोट गाउँपालिकामा किसानहरूले बाँझो जमिनमा खेती गर्ने सुरु

जोईन खबर

१३, आषाढ २०८०
  • 778
    SHARES
  • अनुदान दिएपछि बारपाक सुलिकोट गाउँपालिकामा  किसानहरूले बाँझो जमिनमा खेती  गर्ने सुरु

    १३ असार  काठमाडाै ।  गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिकाले  अनुदान दिएपछि करिब एक हजार रोपनी बाँझो जमिनमा किसानहरुले  खेती गर्ने  सुरु गरेका छन् ।  गाउँपालिकाले  किसानलाई प्रोत्साहन स्वरुप अनुदान रकम उपलब्ध गराउन थालेपछि पालिका भित्र बाँझो रहेका करिब १ हजार रोपनी जमिनमा खेती गर्न थालिएको छ । गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रति रोपनी ३ हजार रुपैयासम्म अनुदान रकम उपलब्ध गराउन सुरु गरेसंगै बाँझो जमिनमा खेती गर्ने क्रम बढेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    images

    गाउँपालिका भित्र तीन बर्षको अबधीमा अहिलेसम्म  ९ सय ३८ रोपनी बाँझो जमिनमा किसानहरुले खेती गर्न सुरु गरेको अध्यक्ष  भट्टले बताउनुभयो । आर्थिक बर्ष ०७७ र ०७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदान दिन सुरु गरेको अध्यक्ष भट्टले भन्नुभयो । अनुदान कार्यक्रम सुरु गर्नु अघि गाउँपालिकाले पालिका भित्र रहेका बाँझो जग्गाको लगत संकलनको काम गरेको थियो ।

    images
    images
    images

    कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउन र कृषि पेशामार्फत गाउँमा नै स्वरोजगारीको सिर्जना गर्न गाउँपालिकाले  पालिका भित्र रहेका बाँझो जमिनलाई उपयोगमा ल्याउने पालिकाको उद्देस्य पनि पुरा भएको छ । गाउँपालिकाले बाली र प्रकृति हेरी प्रोत्साहन बापतको अनुदान रकम उपलब्ध गराउने गरेको पालिका अध्यक्षकाे भनाई छ ।

    खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रति रोपनी तीनहजार रुपैयाँसम्म, मसला बालीलाई खेती गर्नेलाई प्रतिरोपनी दुईहजार पाँचसय रुपैयासम्म र फलफूल बाली लगाउने कृषक, कृषि समुह वा फर्मलाई प्रतिरोपनी दुईहजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउदै आएको उहाँले जानकारी दिनुभयो । कार्यबिधिमा आफ्नो बाँझो जग्गाको बारेमा जानकारी नगराउने किसानलाई प्रति रोपनी २ सय रुपैया जरिवाना तिराउने व्यवस्था समेत गरिएको छ ।कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था रहेको गाउँपालिका  अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयोे ।

    प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - १७:५८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको