Logo

बुधवार, कार्तिक १२ गते २०८३

गाेरखाकाे एक गाउँपालिकाले सबै वडामा नर्सरी स्थापना गर्ने

गाेरखाकाे एक गाउँपालिकाले सबै वडामा नर्सरी स्थापना गर्ने

जोईन खबर

१४, आषाढ २०८०
  • 745
    SHARES
  • गाेरखाकाे एक गाउँपालिकाले सबै वडामा नर्सरी स्थापना गर्ने

     १४ असार काठमाडाै । गाेरखा शहिदलखन गाउँपालिकाले प्रत्येक वडामा नर्सरी स्थापना गर्ने भएको छ । पालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नर्सरी स्थापना गर्ने निर्णय गरीएकाे छ।

    images

    गाउँपालिकाको कार्य सम्पादनमा अग्रणी स्थानमा रहेको शहिदलखन गाउँपालिकाले  काममा सक्रिय रूपमा हुँदै आएको छ । गाउँपालिका भित्रका नागरिकहरुलाइ उत्पादनमा जोड दिन लगाउने र उत्पादकत्व बढाइ आत्मनिर्भर बनाउने नीति पालिकाले लिएको छ । प्रत्येक वडामा कृषि उपजकेन्द्र स्थापना गरिने गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।

    images
    images
    images

    किसानले उत्पादन गरेका बस्तुलाइ हाटबजारमा लगेर विक्री गर्छाैँ, किसानले समान लिएर बजार जाने र पैसा लिएर घर फर्कने बातावरण यस अघि देखि नै लागू गरिरहेको र यसलाइ थप व्यवस्थित गरिने पालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताउनुभयो । कृषिलाइ आधुनिकिकरण गर्ने, रेशम खेती कार्यक्रमलाइ प्रोत्साहन गर्ने कृषि नीति पालिकाले लिएको छ ।

     

    प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १५:१९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको