Logo

बुधवार, श्रावण १३ गते २०८३

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

जोईन खबर

१८, माघ २०७९
  • 658
    SHARES
  • बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

    मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ।

    images

    बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। 

    मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरू गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ।

    आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपरान्ह ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ। रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ।

     

    sadak-11649827611.jpg

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १४:५८:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको