बाजुरा–आर्थिक अभाबमा अलपत्र १३ महिनाको मुटु रोगि बच्चालाई शाखा अधिकृत नियुक्ती पाएको बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् । बाजुरा जिल्लामा कार्यरत चार जना शाखा अधिकृतले बर्षगाँठको उपलक्ष्यमा १० हजार सहयोग गरेका हुन् । राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत नियुक्ती पाएको दिनको उपलक्ष्यमा बिरामीलाइ नगद सहयोग गरेका हुन् ।
सन्दिप रावतको ओपन हट सर्जरी तयारी भइरहेको छ । सन्दिपको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौमा डा. भगवान कोइरालाको टिमले अप्रेसन तथा उपचार गरिरहेका छन् । खप्तडछेडेदह गाउँपालिका ५ डोगडि बस्ने दुर्गा देबी रावतको १३ महिनाको छोरा सन्दिप रावत पैसा नहुदा अलपत्र अबस्थामा रहेका थिए ।