Logo

बिहिवार, कार्तिक १३ गते २०८३

९ सय कर्मचारी फन्दामा, दुर्गम क्षेत्रमा दरबन्दी काजमा सुगम तथा शहरी रोज्ने

९ सय कर्मचारी फन्दामा, दुर्गम क्षेत्रमा दरबन्दी काजमा सुगम तथा शहरी रोज्ने

जोईन खबर

२६, आषाढ २०८०
  • 736
    SHARES
  • ९ सय कर्मचारी फन्दामा, दुर्गम क्षेत्रमा दरबन्दी काजमा सुगम  तथा शहरी रोज्ने

    २६ असार काठमाडाै ।  सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी दुर्गममा राखेर सुगममा काजमा कार्यरत रहेका कर्मचारीहरुलाई दरबन्दी भएको ठाउँमा अनिवार्य फिर्ता हुन निर्देशन दिएको छ ।

    images

    मन्त्रालयले आज कर्मचारीहरूको व्यवस्थापन गर्ने भन्दै आगामी १ साउनदेखि नै लागू हुने गरि कर्मचारीलाई आफ्नै दरबन्दी भएको ठाँउमा फर्कन निर्देशन दिएको हो ।स्वास्थ्य मन्त्रालयले गरेको सात बुँदे परिपत्रमा यस्तो निर्देशनमा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतको सबै निकाय र सबै स्थानीय तहलाई परिपत्र गर्दै कामकाजमा खटाइएका कर्मचारीमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरि अनिवार्य काम फिर्ता गर्ने भनेको छ ।

    images
    images
    images

    नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा सात दिनभित्र रमाना दिई जानकारी दिन, प्रदेश र स्थानीय तहमा समायोजन भई संघमा जानकारी दिन भनिएको छ । मन्त्रालयका अनुसार ८९१ कर्मचारी दुर्गममा दरबन्दी राखेर काजमा शहरकेन्द्रित पालिकामा कार्यरत छन् ।  पोखरा महानगरपालिकामा थप ५८ जना काम गरिरहेका छन् । अबस्था सुर्खेतको वीरेन्द्रनगर नगरपालिकादेखि रूपन्देहीको तिलोत्तमा, धनगढी उपमहानगरपालिकादेखि भीमदत्त, बाँकेको कोहलपुर, हेटौंडा लगायत स्थानीय तह छन् ।चिकित्सकरस्वास्थ्यकर्मीहरूलाई प्रदेश, स्थानीय तहहरू र मातहतका निकायहरूमा आवश्यकता अनुसार कामकाजमा खटाउन अनुरोध गरिएको छ । 

    Screenshot.jpg

     
     

    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १०:५२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको