Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसका २२९ पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ लिँदै

कांग्रेसका २२९ पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ लिँदै

जोईन खबर

१३, कार्तिक २०८३
  • 163
    SHARES
  • कांग्रेसका २२९ पदाधिकारी तथा केन्द्रीय सदस्यले आज शपथ लिँदै

    १२ कार्तिक काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सभापति गगन थापाले दसैंको फूलपातीका दिन नै शपथ लिइसकेकाले आज सभापतिबाहेकका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो।

    images

    आज शपथ लिने २२९ जनामध्ये १९ जना पदाधिकारी र २१० जना केन्द्रीय सदस्य रहेका छन्। पदाधिकारीतर्फ वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री ११ जना छन्।

    images
    images
    images

    कांग्रेसको १५औँ महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिसहित २३१ जना केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका थिए। तर, महिला खुलातर्फ निर्वाचित विनिता खड्काको निर्वाचन परिणाम छानबिनका कारण रोकिएको छ। उनको परिणाम औपचारिक रूपमा सार्वजनिक नभएकाले हालसम्म २३० जनाको मात्रै निर्वाचन परिणाम सार्वजनिक भएको छ।

    सभापति थापाले असोज ३१ गते दसैंको फूलपातीका दिन पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसैले आज औपचारिक निर्वाचन परिणाम सार्वजनिक भएका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन्।

    कांग्रेसको विधानअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ६६ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ। निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम सम्पन्न भएपछि सभापति थापाले मनोनीत गर्ने सदस्यहरूको चयन प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। मनोनीत सदस्यहरूको चयनसँगै कांग्रेसको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया अघि बढ्नेछ।

    प्रकाशित मिति :कार्तिक १३, २०८३ बिहिवार - १२:१६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको