Logo

मंगलवार, कार्तिक ११ गते २०८३

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

जोईन खबर

१८, माघ २०७९
  • 685
    SHARES
  • शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

    काठमाडौं । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) मा २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो ।

    images

    गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अपेक्षा गरिएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

    images
    images
    images

    यस्तै उक्त समितिले त्यहाँ आसपासमा सञ्चालन गरिएका पसलबाट पनि भाडा उठाउँदै आएको छ । भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठले बताए । माघ २२ गतेसम्म चल्ने उक्त मेलामा यस वर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भर्ने विश्वास समितिले लिएको छ ।

    यस्तै, शालीनदी यातायातले बिदाको दिन शालीनदी भेला भर्न पुगेका भक्तजनलाई बज्रयोगीनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १५:२९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको