२६असार काठमााडाै । नेपाल बीमा प्राधिकरणले लाइसेन्स वितरण गरेपछि लघु बीमा कम्पनीहरुले व्यवसायिक कारोबार धमाधम शुरु गर्न थालेका हुन् ।नेपाल बीमा प्राधिकरणले हालसम्म चार लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स,नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिएको हो ।त्यसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भने व्यवसायिक कारोबार समेत थालिसकेको छ । भरतपुर चितवनमा केन्द्रीय कार्यालय रहेका नेपाल माइक्रो इन्स्योरेन्सले केहि दिनमै एकीकृत कारोबार थाल्दैछ । कम्पनीले कार्यालयको पूर्वाधारहरु समेत तयार गरिसकेको छ ।
प्राधिकरणले पोलिसी स्वीकृत गरेकाे एक हप्ताभित्रै कारोबार थाल्ने कम्पनीको तयारी छ ।यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि व्यवसायिक कारोबार थाल्ने प्रकृया अन्तिम चरणमा पुर्याएका छन् । सबै पुर्वाधार तयार पारेर बसेको दुबै कम्पनी प्राधिकरणबाट पोलिसी स्वीकृतको पर्खाइमा छन् । पोलिसी स्वीकृत भएपछि असार भित्र कारोबार थाल्ने दुबै कम्पनीको तयारी छ ।
तीन कम्पनीलाई पूँजी जुटाउन सकेन
बीमा प्राधिकरणबाट लाइसेन्स पाएका चार कम्पनी मध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार शुरु गरेसकेको छ भने नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि व्यसायिक कारोबार थाल्ने तयारी गर्दैछन् ।प्राधिकरणबाट आशयपत्र पाए पनि लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने पूँजी जुटाउने नसकेका हुन् ।
प्राधिकरणले लघुबीमा कम्पनी स्थापनाको लागि बाटो खुलाउँदै गत भदौ ६ गते लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेको थियो । निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्ने छ ।
स-सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडिबुटीलगायतको बीमा गरी जोखिम बीमा कम्पनीहरूलाई हस्तान्तरण गर्न लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्न लागिएको प्राधिकरणको भनाई छ ।