११ कार्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। यादवले २०८३ साल कात्तिक ८ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
पार्टीको केन्द्रीय तहमा जिम्मेवारी सम्हालिरहेका यादवले एकाएक सबै जिम्मेवारीबाट अलग हुने निर्णय लिएपछि उनको राजीनामालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
पार्टीभित्र आन्तरिक असन्तुष्टि तथा राजनीतिक समीकरणलाई लिएर विभिन्न खालका छलफल र मतभेद भइरहेका बेला यादवको राजीनामा आएको हो। यद्यपि, उनले राजीनामा दिनुको विस्तृत कारण भने सार्वजनिक भएको छैन।
यादवको निर्णयले नेपाली कम्युनिस्ट पार्टीको सांगठनिक वृत्तमा थप चर्चा सिर्जना गरेको छ। उनको राजीनामाबारे पार्टीको आधिकारिक धारणा तथा आगामी राजनीतिक कदमबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।