Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

जोईन खबर

२७, आषाढ २०८०
  • 715
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

    २७ असार काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

    images

    ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो । 

    images
    images
    images

    pmm.jpg

    सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १२:१४:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको