Logo

बुधवार, कार्तिक १२ गते २०८३

निजामती कर्मचारीलाई छात्रवृत्ति जापान सरकारले ३८ करोड अनुदान उपलब्ध

निजामती कर्मचारीलाई छात्रवृत्ति जापान सरकारले ३८ करोड अनुदान उपलब्ध

जोईन खबर

२७, आषाढ २०८०
  • 817
    SHARES
  • निजामती कर्मचारीलाई छात्रवृत्ति जापान सरकारले ३८  करोड   अनुदान उपलब्ध

    २७ असार काठमाडाै ।  जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    images

    सम्झौताअनुसार सन् २०२३/ २०२४ मा निजामती कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउन जापान सरकारले रू ३८ करोड ५० लाख (४२ करोड ४ लाख जापानी येन) अनुदान उपलब्ध गराउनेछ ।क्त सम्झौता कार्यक्रममा अर्थमन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ प्रतिनिधि लिजुका केनिचिरो पनि सहभागी रहेका थिए ।

    images
    images
    images

    जापान सरकारले नेपाललाई सन् २०१५ देखि यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । जेडिएस कार्यक्रमअन्तर्गत जापानले सन् २०१६ देखि २०२२ सम्म दुई चरणमा गरेर एक सय जना निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । 

    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १३:३९:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको