Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानाध्यापक सहित ४ जना विद्यालयको माटो बेचेने भ्रष्टाचारीलाई मुद्दा

प्रधानाध्यापक सहित ४ जना विद्यालयको माटो बेचेने भ्रष्टाचारीलाई मुद्दा

जोईन खबर

२९, आषाढ २०८०
  • 625
    SHARES
  • प्रधानाध्यापक सहित  ४ जना विद्यालयको माटो बेचेने भ्रष्टाचारीलाई मुद्दा

    २९ असार काठमाडाै । विद्यालयको जमिन अवैध रुपमा उत्खनन् गरेर माटो बिक्री गरी भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राना  माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आर्थिक वर्ष २०७६र०७७ र २०७७र०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची-६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची-६ ले तोके बमोजिमको करबापतको ७ लाख २९ हजार ५१४ रुपैयाँ ५० पैसा सरकारी रकम हिनामिनारहानीनोक्सानी गरेको अख्तयारको दाबी छ ।

     
     

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १०:४९:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको