२९ असार काठमाडाै । आज दिउसो त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडाै फर्काइएको छ । काठमाडाैबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए ।