२९ असार काठमाडाै ।भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २स्३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान(३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ।
चन्द्रयान(३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्याउन सकेका छन्।भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान(१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन।सन् २०१९ मा भारतले पठाएको चन्द्रयान(२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो।