२९ असार काठमाडाै । बारपाक सुलिको गााउँपालिका वडा न १ र २ बारपाकमा २०७९/०८० अाज सार्वजानिक सुनुवाई गरीएकाे हाे । २०८० साल असार २९ गते बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र २ मा सार्वजनिक सुनुवाइ गरिएको छ । गाउँपालिकाको आयोजना र सोच नेपाल मिडियाको समन्वयमा सो कार्यक्रम गरिएको हो। कार्यक्रममा सहभागीहरू शिक्षा, स्वास्थ्य, खानेपानी,पूर्वाधार निर्माण, कृषि, पशु चौपायमा देखिएको लम्पी स्किन रोग, आयोजनाहरुको अनुगमन,बारपाकको पर्यटन, सम्भावय पदमार्ग, इपिसेन्टर लगायतका विषयहरूमा आफ्ना गुनासाहरू व्यक्त गरेका छन् ।

यस कार्यक्रममा वडावासीका गुनासा तथा जिज्ञासाहरूको जवाफ बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, वडा नं २ अध्यक्ष पूर्ण बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य, नेपाली कांग्रेसका जित बहादुर घले लगायतले सुनुवाई गर्नुभयो जनाकारी गाउँपालिका कार्यपालिका सदस्य जित बाहदुर नेपालीले बताउनु भयाे ।

सार्वजानिक सुनुवाइ कार्यक्रम बारपाक सुलिकोट गाउँपालिका वडा नं १ हिमालय माविको प्राङ्गणमा सम्पन्न कार्यक्रममा सहभागितामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं १,२ का जनप्रतिनिधिहरु, गाउँपालिका र वडा कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरू,विभिन्न सङ्घसंस्था प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सामाजिक व्यक्तित्व, वडावासीहरू र सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थिए ।