३१ असार काठमाडाै । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजविरुद्धको विधेयक अघि बढाइने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवनले शनिवार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले संसद्मा रहेएको विधेयकलाई अघि बढाउने प्रक्रियामा छलफल भइरहेको उल्लेख गर्नुभयो ।
हामीले मिटरब्याजविरुद्धको पुरानो विधेयकलाई नै अघि बढाउन लागिरहेका छौं, छिट्टै विधेयक पारित गर्ने स्थितिमा सरकार पुग्छ।संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब संसद् सञ्चालनमा आएकाले यसलाई पारित गरिने बताउनुभयो ।
प्रतिपक्ष पनि विधेयकको पक्षमा हुनुहुन्छ । यसलाई हामी चाँडै संसदबाट पारित गर्छौं। उहाँले भन्नुभयो । उहाँले सरकारले संसद्मा दर्ता गराएको विधेयकको विषयमा दलहरूसँग छलफल भइरहेको बताउनुभयो । मिटरब्याजविरुद्धको उजुरी वि नलिने र छानबिनका क्रममा पीडितको पक्षमा न्याय हुने काम नरोकिने उहाँको भनाइ छ । विधेयकलाई ऐनका रूपमा लैजान मिल्दैन कि भन्ने चर्चा भइरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संवेदनशील मुद्दामा विधेयक चाँडो पास गर्नुपर्ने बताउनुभयो । याे समाचार नयाँ पत्रिकामा आएको छ ।