३१ असार काठमाडाै । नेपाल आयल निगमले नयाँ मूल्य सूची अनुसार भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको जनाएको हाे ।आज निगमले पाएको नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेरएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुसार नेपालमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । अहिले निगम पाक्षिक १ अर्ब भन्दा बढी नाफामा छ ।