२ साउन काठमाडाै । नेपाल सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै गोरखादेखि काठमाण्डौं जाने सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
यातायात ब्यवस्था विभागले आज सार्वजनिक गरेको भाडा दर अनुसार सोमबारदेखि ने लागु हुने गरी काडमाण्डौंका लागि ४३२ रुपैयाँ तोकेको छ । यस अघि गोरखाबाट काठमाडौं जादा ४४१ रुपैयाँ भाडा तिनुपर्ने र सार्वजनिक भएको भाडादर गोरखाबाट काठमाण्डौ चल्ने बसले ४५० र माईक्रोले ५६० रुपैयाँ उठाउदै आएको छ । तस्तैगरी, गोरखा–नारायणगढ ६७ किलोमिटरको लागि यात्रुले २५० रुपैयाँ तिदै आएको छ ।
यता पोखराको लागि चल्ने माईक्रोले ४७५ र बसले ४०० रुपैयाँ लिदै आएको छ । अनुरा भैरहवाका लागि ६००, बिरगञ्ज ५६७ र जनकपुरका लागि ८१३ रुपैयाँ ताकिदिएको छ । पुरानो भाडादरमा भैरहवाका लागि ६१३, बिरगञ्जका लागि ५७९ र जनकपुरका लागि ८३१ रुपैयाँ तिनुपर्ने थियो ।
नयाँ भाडादर सार्वजनिक भएता पनि गोरखाबाट बाहिरिने कुनै पनि सवारी साधानले आज भाडा समायोजन गरेको छैन । सदरमुकाममा रहेको टिकट काउन्टरमा बुझदा नयाँ भाडादर नआएकोले पुरानो भाठादरमा टिकट काटेको जनाएको छ । घटाएको भाडादर आजदेखि नै लागु हुनेछ भन्दै त्यसको अनुगमण यातायात ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ ।