Logo

बुधवार, कार्तिक १२ गते २०८३

आज प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी आयोजना फिल्ड कार्यालय उद्घाटन गर्ने

आज प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी आयोजना फिल्ड कार्यालय उद्घाटन गर्ने

जोईन खबर

३, श्रावण २०८०
  • 697
    SHARES
  • आज प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी आयोजना  फिल्ड कार्यालय उद्घाटन गर्ने

    ३ साउन काठमाडाै । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बूढीगण्डकी जलविद्युत्  आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।सरकारले धेरै समय पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका  प्रक्रिया अगाडि बढाएको छ । गण्डकी प्रदेशकाे गाेरखा सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय बुधबार उद्घाटन गर्ने तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए ।  बूढीगण्डकी जलविद्युत्   कूल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसकेका छन् ।सरकारले आयोजना प्रभावितलाई हालसम्म रु ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ ।,

    images

    घर गोठ, बोटबिरुवातर्फ रु छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री प्रचण्डले चासो राख्दै आएका थिए । चालु आर्थिक वर्षको बजेटमा समेत सो आयोजनाको निर्माण सुरु गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक र अन्य सार्वजनिक कार्यक्रममा समेत सो आयोजनाको निर्माण शीघ्र सुरु हुने बताउँदै आएका छन् । धादिङ र गोरखाका जनप्रतिनिधि र स्थानीयवासीले समेत शीघ्र आयोजनाको काम सुरु गर्न माग गर्दै आएका छन् ।

    images
    images
    images

    सरकारले आन्तरिक स्रोतको परिचालन गरेरै सो आयोजनाको निर्माण सुरु गर्ने बताउँदै आएको छ । आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमा भन्सार विन्दुमै कर उठाउँदै आइएको छ ।सरकारले चालु आवको बजेटमार्फत वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइलाई नै कम्पनीमा रुपान्तरण गरेको हो । गत असार २८ गते कम्पनीको प्रमुख कार्यकारी प्रमुखमा इकाइकै प्रमुख श्रेष्ठलाई नियुक्त गरेको थियो । इकाइको कार्यालय रहेको गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा कम्पनीको कार्यालय स्थापना हुनेछ ।

    आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ । त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ । धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ । बढी बिजुली माग हुने काठमाडौँ, पोखरा, नारायणगढलगायतका ‘लोड सेन्टर’ नजिकको सो आयोजना आफैँमा महत्वपूर्ण मानिएको छ ।

    प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १३:३०:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको