Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्दै , निर्माणकार्य र  शिलान्यास पनि छिटै गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्दै , निर्माणकार्य र  शिलान्यास पनि छिटै गरिने

जोईन खबर

३, श्रावण २०८०
  • 760
    SHARES
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले   बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्दै , निर्माणकार्य र  शिलान्यास पनि छिटै गरिने

    ३ साउन काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना  उद्घाटन गर्दै  गर्दा उनले भनेअब  निर्माण कार्य पनि छिटै अघि बढाइने बताउनु भएकाे छ। अाज गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा भएकाे कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  निर्माणकार्य र  शिलान्यास छिटै गरिने बताउनुभयो । 

    images

    मन्त्रालयमा हिजो साँझमात्रै ऊर्जा मन्त्रालयको आयोजनामा अन्य मन्त्रालयका अधिकारीहरूबीच छलफल भयो,र म तपाईँहरूको सामु ढुक्कसँग  बाेल्न सक्ने भएर आएको छु।  निर्माणकार्यमा  पूर्वतयारीका काम अन्तिम चरणमा र  लगानीको स्रोतको एउटा टुङ्गो लागेको छ, बुढीगण्डकी अन्तिम टु  गो अवस्थामा पुगेकाे छ ।बर्खामा बिजुलीकाे उत्पादन खेर जाने र हिउँदमा अभाव हुने परिस्थिति यो आयोजना बनेपछि समाधान हुने प्रधानमन्त्रीले बताउनुभयो । अब करीब  २०/३० वर्षसम्ममा उत्पादन धेरै र खपत कम हुने अवस्था आउने भएकाले देशभित्रै बिजुली खपत बढाउन सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ छ । 

    images
    images
    images

     यस उद्घाटन कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत् आयोजनाको रूपमा मात्र लिन नहुने बताउनुभयो । अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयो।  यता र उता गर्दैमा १० वर्ष खेर फाल्याैँ, अब भने  आयोजना निर्माणको मोडालिटी के हो ? कसरी बनाउन तयारी गर्नु भएकाे हो ? 

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् बुढीगण्डकी जलविद्युत् कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित क्षेत्र गोरखा र धादिङका सांसदहरूले आयोजना निर्माण कार्य छिटो शुरु गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिएको हो । परामर्शदाता कम्पनी फ्रान्सको ट्रयाकबेल इन्जिनियरिङले सन् २०१५ मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत दुई अर्ब ५९ करोड अमेरिकी डलर रहने उल्लेख छ ।

    आयोजनाको अनुमानित लागत दुई अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि आठ वर्ष रहने भनिएको छ । गोरखा र धादिङतर्फ गरी ४९ हजार ९५ रोपनी जग्गाको मुआब्जाबापत ३४ अर्ब २१ करोड रुपैयाँ वितरण गरिएको छ ।गोरखा र धादिङका आठ हजार एक सय १७ घरपरिवार प्रभावित , तीन हजार पाँच सय ६० घरपरिवार पूर्णरूपमा विस्थापित  बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइने छ । तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटरमा फैलने छ । जसबाट धादिङका १० वटा पालिका प्रभावित हुनेछन् । आयोजनाको अधिकतम जलशतह पाँच सय ४० मिटरसम्म रहने छ ।

    प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १५:३९:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको