४ साउन काठमाडाै ।हिजाे साझा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक सय किलो सुन बरामद गरेको छ । याे सुन मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको हो ।
विभागकाअनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थलबाट अध्यागमन र प्रहरीबाट समेत सुन पास भइसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला सुन बरामद भएको विभागले जनाएको छ ।
एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।यस सुन कसरी र काे काे मिले ल्याएकाे हाे भने बिषयमा थप अनुसन्धान भइ राखेकाे छ ।