Logo

बुधवार, श्रावण १३ गते २०८३

विद्युतीय हाजिरी अनिवार्य

विद्युतीय हाजिरी अनिवार्य

जोईन खबर

२०, माघ २०७९
  • 712
    SHARES
  • tribhuvan-university.jpg

    images

    २० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पस, कार्यलय तथा निकायहरुमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने पुनःनिर्णय गरेको छ ।

    माघ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले फागुन एक गतेदेखि हस्तलिखित हाजिरी पूर्ण रुपमा खारेज गरी विद्युत्तीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । विद्युतीय हाजिरीको व्यवस्था विपरीत तलब–भत्ता भुक्तानी गरे सम्बन्धित शिक्षक, कर्मचारी, भुक्तानी दिने तत्कालीन समयका लेखा प्रमुख र निकाय प्रमुखबाट असुल गर्ने निर्णयमा भनिएको छ।

    परिषदले त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीले तोकिएको समयमा इलेक्ट्रोनिक डिभाईसमा हाजिरी गर्न गराउन निर्देशन दिएको छ । कामको प्रकृति अनुसार कुनै शिक्षक, कर्मचारीलाई इलेक्ट्रोनिक डिभाईसमा हाजिरी गराउन नसकिने भनी नीज कार्यरत निकाय प्रमुखबाट यथार्थ प्रमाणको आधारमा प्रमाणित भई हाजिरी रजिष्ट्रारमा मात्र हाजिरी गराउनुपर्ने अवस्था रहेमा केन्द्रीय कार्यलयको हकमा रजिष्ट्रारको तथा अन्य निकायहरुको हकमा कार्य समिति कार्यन्वयन समितिको पूर्व स्वीकृति लिनुपर्ने छ ।

    आफ्नो क्याम्पस तथा कार्यालयमा हाजिरी भएको अवस्थामा शिक्षकहरूले सोही सिफ्टमा आफ्नै कार्यालयको अन्य काममा सहभागी हुन, परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयले तोकेका परीक्षासम्बन्धी र अन्य विविध काममा संलग्न हुन, विश्वविद्यालयका अन्य निकायका प्राज्ञिक कार्यमा सहभागी हुन, अध्ययन अनुसन्धानसम्बन्धी कार्यमा संलग्न हुन, सेमिनार, गोष्ठी, कार्यशालाजस्ता प्राज्ञिक कार्यमा संलग्न हुन पाउनेछन्। तर, अन्य निजी तथा सार्वजनिक संस्थाका काममा पूर्व स्वीकृतिविना संलग्न हुन नपाउने व्यवस्था छ।

    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - १५:१४:१६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको