४ साउन काठमाडाै । गोरखका गण्डकी गाउँपालिका फुजेल घर भएका राजीव तिवारी मिष्टर नेपाल जित्ने दौडधुपमा लागि परेका छन् । युवापुस्ता याे प्रतियोगीतामा आफुलाई निखार्न पनि पाइने र बिभिन्न अवसर समेत हात लाग्ने भएकोले उनीहरुको यस प्रति आकर्षण बढेको छ । मिष्टर नेपाल जित्ने दौड हिडेका तिवारीले प्रतियोगीताबाट उपाधि हात परेपनि नपरेपनि यहाँबाट हासिल गरेको ज्ञान जीवन उपयोगितामा महत्वपूर्ण हुनुको अलवा ब्यक्तित्व निर्माणमा सघाउन पुग्ने विश्वास गरेका छन्
सौन्दर्य प्रतियोगीता ‘मिष्टर नेपाल २०२३’ मा होमिएका व्यक्ति हुन् गोर्खा फुजेलमा जन्मिएका २५ वर्षीय राजीव तिवारी बोडिङ स्कुलमा शिक्षकको समेत रहेएका तिवारी सफ्टवेर इन्जिनियरिङका बिद्यार्थी पनि हुन् । मिष्टर नेपाल जितेर राष्ट्रिय चर्चासँगै नेपालको प्रतिनिधित्व गर्दै देश चिनाउन सोच र क्षेमता उाीमा रहेएकाे तिवारीले बताए ।
तिवारीले भने ,मिष्टर नेपाल’ जितेर ‘मिष्टर वल्र्ड’मा पाए भने नेपालको बातावरण र हाइड्रोपावरमा रहेको क्षमताको प्रचार गर्छु। आफूलाई मिष्टर नेपाल उपाधिका दावेदार मान्ने उनी उपाधिका लागि अहिले दिनरात मिहिनेत गरिरहेका छन् ।सानैदेखि कलाकारितामा रुची भएका तिवारीको सफल अभिनेता बनेर चिनिने सपना पनि छ । त्यो सपना पुरा गर्ने पहिलो खुड्किलोको रुपमा उनले मिष्टर नेपाल प्रतियोगीता लिएका छन् । सामाजिक कार्यमा पनि लगाव भएका उनी एक अनाथलाई सक्षम बनाउने दायत्व लिन चाँहन्छन् ।
२०२३ मिष्टर नेपाल आगामी शनिबार होटल याक एण्ड यतिमा आयोजना हुँदैछ ।यो प्रतिस्पर्धाका शिर्ष विजेताले नगद ५ लाख बराबराको उपाहार र ‘मिष्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । आफुलाई सहभागी गराउदै आएकोले पनि मिष्टर नेपाल उपाधि आफैले हात पार्छु भने तिवारीको भनाइ छ ।