Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौं लगायत विभिन्न स्थानमा बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द

काठमाडौं लगायत विभिन्न स्थानमा बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द

जोईन खबर

५, श्रावण २०८०
  • 667
    SHARES
  • काठमाडौं लगायत विभिन्न स्थानमा   बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द

    ५ साउन काठमाडाै । काठमाडौं लगायत विभिन्न स्थानमा   बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएका छन् ।   विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको छ ।  प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।सुचना अनुसार  बागमती फिडरका  सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बल्खु, हेल्थपोस्ट, झम्सीखेल, पुल्चोक प्रधानसेनापति निवास, ठाडोढुंगा क्षेत्र र चमती फिडर अन्तर्गत ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भु, चमती, किमडोल र बारुद खाना क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।नेपाल विद्युत प्राधिकणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने जनाएको छ ।

    images
     
     

    प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १२:०७:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको