५ साउन काठमाडाै । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको वडा न २ मा पर्ने बारपाकाे बिच गाउँमा ‘भ्यु टावर’ निर्माण गरिएको हाे ।बारपाक गाेरखा जिल्लाकाे एक पर्यटकीय रूपमा देखिन सकिन्छ । बारपाक गाउँ र बारपाक वरपरको मनाेरञ्जन दृष्याकाे अवलोकन गर्न सक्ने गरी बारपाक गाउँमा ‘भ्यु टावर’ निर्माण गरीएकाे गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गोरखा भुकम्पको केन्द्रबिन्दु समेत रहेको बारपाकलाई एउटा प्रमुख पर्यटकीय रुपमा विकास गर्दै अाएका हाैँ । पालिका अध्यक्ष भट्टले बारपाकमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना गाउँपालिकाको छ। पर्यटकहरु बारपाक आउदा बारपाक गाउँको सुन्दरतालाई राम्रोसंग अवलाेकन गर्ने सकने उद्देस्यले भौतिक संरचनाहरु निर्माणको काम तिव्रर गतिमा भइरहेएकाे छन् ।
याे भ्यु टावर लगभग ५४ लाख १३ हजार ३ सय ७ रुपैयाको लागतमा गाउँपालिकाका इन्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । ‘टावरमा फलामको रेलिङ हाल्ने काम पनि सकिएको छ। यसकाे ठेक्का सिराइचुली निर्माण सेवाले पाएको थियो । अहिले भ्यु टावरमा रेलिङ राख्ने काम पनि सम्पन्न भइसकेको ईन्जिनियर गौतमले जानकारी दिनुभयो । यस टावर बनाउन २०७६ साल माघ २७ गते सम्झौता भएर काम सुरू गरी बारपाक र वरपरका दृष्यका मनास्लु, बौद्ध र गणेश हिमालको सहजै दृश्यावलोकन गर्न सकिनेछ । बारपाक गाउँ विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ पनि हो ।