५ साउन काठमाडाै । गोरखाको आरुघाट गाउँपालिकामा बर्खायामको समयमा पालिका भित्रका मुख्य–मुख्य ग्रामिण सडक मर्मत सम्हारका साथै सडक सूचारु राख्न सडक हेरालु नियुक्त गरेको हाे ।पालिका भित्रका प्रत्यक वडमा एक जना दरले पर्ने गरी १५ जना सडक हेरालु परिचालन गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो ।
छनोटमा परेका सडक हेरालुहरुलाई तालिम प्रदान गरी सडक मर्मत सम्हार र हेरचाहका लागि परिचालन गरेको उहाँले बताउनुभयो । बर्खामा सडकमा भल तथा स–साना पहिरा समयमा नै नियन्त्रण गर्न तथा सडक सरसफाई गरी सडकको संरक्षण गर्न गाउँपालिका, वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडा भित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सुचारु गर्ने ,नाला सरसफाई गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउने लगायतका काम गर्नेछन् । उहाँले भन्नुभयो, ‘यसले लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने भएकाले पालिका भित्रका मुख्य सडक बिग्रने बित्तिकै बनाउने गरी सडक हेरालुहरुले काम गर्नेछन् ।’
‘सडक हेरालुहरुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने सामाग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेप लगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ। अध्यक्ष गुरुङ्गले, यस बाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पन्जा सामाग्री पनि आवश्यकता अनुसार उपलब्ध गराइएकाे कुरा जनाकारी दिनु भयाे ।