६ साउन काठमाडाै । सुनसरीको धरान–इटहरी सडकखण्डमा गोली हानी घाइते भएका विराटनगरका युवाको मृत्यु भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुलनजिकै गोली प्रहार भएको थियो ।मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।
प्रहरीका अनुसार उनको साथमा भएको रकम र मोबाइल लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।