Logo

बुधवार, कार्तिक १२ गते २०८३

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट महानगरले गर्‍यो

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट महानगरले गर्‍यो

जोईन खबर

७, श्रावण २०८०
  • 790
    SHARES
  • कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी छनोट महानगरले गर्‍यो

    ७  साउन काठमाडाै ।भरतपुर महानगरपालिका चितवनले  चालु शैक्षिक सत्रमा  २०८०र ०८१ पढने  कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हाे । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गरेको महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय/सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरू सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट २८३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको महाशाखा प्रमुख पौडेलले बताए ।भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधन सहित) को दफा ५ को उपदफा ३(१) बमोजिम छात्रवृत्ति प्रदान गर्न विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन मागेको थियो ।

    images

     

    images
    images
    images

     

     

     

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १५:००:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको