Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाकाे अजिरकोट गाउँपालिकामा गर्भवती महिलालाई (माइतीको पोषिलो कोसेली’ कार्यक्रम सुरू)

गोरखाकाे अजिरकोट गाउँपालिकामा गर्भवती महिलालाई (माइतीको पोषिलो कोसेली’ कार्यक्रम सुरू)

जोईन खबर

७, श्रावण २०८०
  • 742
    SHARES
  • गोरखाकाे  अजिरकोट गाउँपालिकामा गर्भवती महिलालाई (माइतीको पोषिलो कोसेली’ कार्यक्रम सुरू)

    ७ साउन काठमााडाै । गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती महिलालाई शिशुको पोषण सुधारका लागि  लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गरेकाे गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताउनु भयाे ।

    images

    पोषिलो खानेकुराको अभावमा गर्भवती महिलाकाे शिशुको शारीरिक तथा  मानसिक वृद्धिविकासमा असर पर्ने बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि गर्भमा रहँदादेखि नै ध्यान पुर्याउन उद्देश्यले माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको  कार्यक्रमअन्तर्गत  गर्भवतीलाई पोषिलो आहार वितरण गर्ने गरिएकोअध्यक्ष देवकोटाले बताउनु भयाे ।

    images
    images
    images

     याे माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित भएकाे  लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले भन्नुभयो ।गर्भवती महिलालाई परिक्षण गर्ने आएको बेला  पहिलो, तेस्रो र चौथो भेटमा  पटक एक–एक मानाका दरले लोकल घिउ र एक–एक क्रेट अन्डा उपलब्ध गराउने गरिएको हो ।

    नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ। उहाँले भन्नुभयो,कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन प्रोत्साहनसमेत मिलेको शाखा उहाँले बताउनुभयो ।

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १७:०७:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको