७ साउन काठमाडाै । राजधानी काठमाडौंको सामाखुसी विष्णुमती खोलामा एक जना बालक बेपता भएका छन् ।बेलुका ५ बजे तिर बालक साथीहरूसँग फुटबल खेल्ने क्रममा बल खोलामा पुगेको र बल लिन जाने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । बेपत्ता भएका बालक अन्दाजी १३ १४ वर्षका रहेका र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले बालकको खोजी भइरहेको छ । त्याे बाल काहाँकाे भन्ने थप अनुसन्धा हुदै छ ।