८ साउन काठमाडाै । चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् ।आक्रमण गरेर ज्यान लिने जनावारहरू बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना ,दुई जनालाइ हात्तीको आक्रमणबाट ज्यान लिएकाे हाे ।
यस आक्रमणबाट ज्यान गुमाउनेहरूलाइ प्रति ब्यक्ति रू. १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु. ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बँदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो ।निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु. दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।