८ साउन काठमाडाै । गोरखा पालुङटार नगरपालिका वडा नम्बर.६ जुडीखोलाकी ३० बर्षकी महिलालाई २७ बर्षका युवाले बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको हाे । गए साउन ३ गते राती अन्दाजी ११ः ३० बजेको समयमा बलात्कार गरेको आरोपमा २७ बर्षका नरेश तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तामाङले महिलालाई विभिन्न डर–त्रास, धाक–धम्की दिई जबरजस्ती करणी गरेको पिडितले दावी गरे सँगै घटना पछि पिडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । पक्राउ परेका तामाङ आइतवार जबरजस्ती शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी तामाङलाइ अनुसन्धान सुरु गरिएको प्रहरीले बताए ।