९ साउन काठमाडौ । खोटाङका प्रमुख जिल्ला अधिकारी सीडीओ भोजराज खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर हो ।खतिवडा आज बाट नै निलम्बनमा परेका हुन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं १० विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । हाल खतिवडा खोटाङका सीडीओ हुन् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा१को देहाय ९ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै खतिवडासहित अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिमको सजाय गरीने भएका छन् ।