Logo

बुधवार, कार्तिक १२ गते २०८३

आफनै जिल्ला पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भनु भयो "ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ"

आफनै जिल्ला पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भनु भयो "ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ"

जोईन खबर

९, श्रावण २०८०
  • 697
    SHARES
  • आफनै जिल्ला  पुगेर  गृहमन्त्री नारायणकाजी श्रेष्ठले  भनु  भयो "ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ"

    ९ साउन काठमाडाै । गाेरखा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न हुने सुन तस्करीमा रहेएका विभिन्न  दाेषीलार्इ  कानुनी दायरामा ल्याएरै छोडिने बताएका  हुन् ।  त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे ।  याे घटनाकाे अनुसन्धान जरैसम्म पुग्ने गरी  गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा नछाेडदैनाैँ। 

    images

     गोरखा प्रेस सेन्टरद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ । तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो । गठबन्धन भित्रैबाट पनि प्रयास भइरहेको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘हुनसक्छ। हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको गठबन्धन शुद्धैशुद्ध छ भन्न सकिँदैन।  प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ।आम जनताको जीवनस्तरमा परिवर्तन हुने पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १५:०५:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको